चितवन खबर पोष्ट

निकुञ्जभित्र हुलाकी सडक २४सै घण्टा खुला भएको पहिलो रातमै दर्जनौं सवारी रातभर रोकिए

माडी, चितवन । चितवन राष्ट्रिय निकुञ्जले बनकट्टा कसरा सडक खण्डमा चौबिसै घण्टा सवारी सञ्चालन खुला गरेको पहिलो रातमै दर्जनौं सवारी साधन रातभर रोकिनुपरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले हस्ताक्षर गर्नुभई मंगलबार प्रकाशित परिपत्रमा चारपाङ्ग्रे सवारी साधन सञ्चालन खुला गरिएको भएपनि कार्यान्वयनको पहिलो रातमै रोकावट भएको हो ।

गएराती १० बजेपछि कसरा आइपुगेका माछा, कुखुरा र मह बोकेका गाडीहरु सहित अन्य सवारी साधनहरु रोकिएको खुलेको हो । यसबारे प्रश्न गर्दा प्रमुख संरक्षण अधिकृत डा. पन्तले परिपत्रमा मालवाहक सवारी साधन बाहेक उल्लेख भई आएकाले त्यसैलाई कार्यान्वयन गरिएको बताउनुभयो ।

परिपत्र जारी हुनुअघि रातको समयमा निर्वाध सञ्चालनमा रहेका माछा, कुखुरा र अन्य कृषि उपज बोकेका सवारी साधन परिपत्र जारी भएसंगै मालवाहक भएको भन्दै रोकिएसंगै वन मन्त्रालयको निर्देशनमा निकुञज प्रशासनले जारी गरेको परिपत्रमै प्रश्न उठेको छ । योसंगै माडी क्षेत्रमा अन्याैल र असन्तोष फैलिएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार