

माडी, चितवन । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा माडीको जनकल्याण मा.वि.का आदर्श गौतम र दिवाकर स्मृति मा.वि.का सुदीन तिवारीले समान ३.९६ जीपीए सहित माडीकै सर्बोत्कृष्ट नतीजा हासिल गर्नुभएको छ ।
त्यस्तै जनकल्याण माध्यमिक विद्यालयका छात्र सेफ्रन सुवेदी र दिवाकर स्मृति विद्यालयका छात्रा साक्षी यादव ३.९५ जिपिए सहित (संयुक्त रूपमा) माडी नगर दोश्रो हुन सफल हुनुभएको छ ।

एसईई परीक्षामा जनकल्याण माध्यमिक विद्यालयबाट कूल ८८ जना परीक्षार्थीहरु सहभागी रहेकोमा ३.६ देखि ४ जीपीए ल्याउने २१ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने २४ जना, ३.२ देखि २.८ जिपिए ल्याउने २८ जना, २.८ देखि २.४ जीपीए ल्याउने ९जना र नन ग्रेडेड ६ जना रहेका छन् ।

त्यस्तै, दिवाकर स्मृति माध्यमिक विद्यालयबाट एसईई परीक्षामा कूल ६४ जना सहभागी रहेकोमा ३.६ देखि ४ जीपीए ल्याउने १५ जना, ३.२ देखि ३.६ जीपीए ल्याउने २१ जना, ३.२ देखि २.८ जिपिए ल्याउने १३ जना, २.८ देखि २.४ जीपीए ल्याउने ७ जना र नन ग्रेडेड ८ जना रहेका छन् ।