

माडी, चितवन । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा राष्ट्रिय उत्तीर्ण प्रतिशत (६१.८१%) संग मिल्नेगरी माडी नगरपालिकाबाट सहभागीमध्ये ६१.६७ प्रतिशत परीक्षार्थीहरु उत्तीर्ण भएका छन् ।
माडी नगरपालिकामा सर्बाधिक जनकल्याण माध्यमिक विद्यालय, माडी-६ को उत्तीर्ण प्रतिशत ९३.१८ रहेको छ । सो विद्यालयबाट कूल ८८ जना परीक्षार्थीहरु सहभागी रहेकोमा ३.६ देखि ४ जीपीए ल्याउने २१ जनासहित ८२ जना उत्तीर्ण भएका छन् ।

त्यस्तै दोश्रो स्थानमा दिवाकर स्मृति विद्यालय, माडी-५ ले ८७.५ प्रतिशत उत्तीर्ण गराएको छ । सो विद्यालयबाट ६४ जना परीक्षामा समेल रहेकोमा ३.६ देखि ४ जीपीए ल्याउने १५ जनासहित ५६ जना उत्तीर्ण भएका छन् ।

त्यस्तै, ८१.८२ उत्तीर्ण प्रतिशत सहित तेश्रो स्थानमा विद्याज्योति अंग्रेजी विद्यालय देखिएको छ । एसईईमा सहभागिता जनाएको एकमात्र संस्थागत विद्यालय समेत रहेको सो विद्यालयबाट कूल २२ जना परीक्षार्थीहरु सहभागी रहेकोमा ३.६ देखि ४ जीपीए ल्याउने ७ जनासहित १८ जना उत्तीर्ण भएका छन् ।
यस्तै, जनजीवन माध्यमिक विद्यालयले ३.६ देखि ४ जीपीए ल्याउने २ जनासहित ४० जना (७८.४३ प्रतिशत) उत्तीर्ण बनाउँदै राष्ट्रिय आँकडा पार गरेको छ । यसबाहेक माडी माध्यमिक विद्यालयले ३.६ देखि ४ जीपीए ल्याउने ३ जनासहित ५३.०१ प्रतिशत उत्तीण गराउँदै कमजोर उन्मुख नतीजा देखाएको छ ।
उता, बरूवास्थित सोमेश्वर माध्यमिक विद्यालयको ४५.२१ प्रतिशत उत्तीर्ण बनाई कमजोर नतीजा प्रदर्शन गरेको छ । त्यस्तै, खैरहनी माध्यमिक विद्यालयले २० प्रतिशत (३० परीक्षार्थीमध्ये ६ जनामात्र) र सगरमाथा माध्यमिक विद्यालय हनुमानझुलाले सबैभन्दा कम १७.३९ प्रतिशत (२३ परीक्षार्थीमध्ये ४ जनामात्र) उत्तीर्ण प्रतिशत ल्याइ अति कमजोर नतीजा ल्याएको देख्न सकिन्छ ।
माडी नगर क्षेत्रभरीकै सबैभन्दा कमजोर नतीजा भने माडी-९, कृष्णनगरस्थित कृष्णनगर माध्यमिक विद्यालयको देखिएको छ । सो विद्यालयबाट कूल ३३ जना परीक्षार्थीहरू एसईईमा सहभागी रहेकोमा ५ जनामात्रै उत्तीर्ण भएका छन् । कृष्णनगरसंगै खैरहनी, सोमेश्वर र सगरमाथा मा.वि.का कोहिपनि परीक्षार्थीले ३.६-४ जीपीए ल्याउन सकेनन् ।