चितवन खबर पोष्ट

माडीका ब्लड क्यान्सर पीडित भट्टराईको बोनम्यारो ट्रान्सप्लाण्ट गर्नुपर्ने, उपचार सहयोगको अनुरोध

माडी, चितवन । माडी नगरपालिका वडा नं. ५, ब्रह्मपुरी टोल निवासी ब्लड क्यान्सर पीडित नैना भट्टराईको उपचार प्रक्रिया अन्तरगत बोनम्यारो ट्रान्सप्लाण्ट गर्नुपर्ने भएको छ ।

वैदेशिक रोजगारीमा रहँदा गतबर्ष असारमा ब्लड क्यान्सर लागेको पहिचान भएसंगै स्वदेश फर्किएर उपचार सुरु गर्नुभएका भट्टराईको भारत नयाँदिल्लीस्थित राजीव गान्धी हस्पिटलमा उपचार भइरहेको हो । पहिलो चरणको उपचार (किमोथेराप) सफल भएकोमा अब दोश्रो चरणमा बोनम्यारो ट्रान्सप्लाण्ट गर्नुपर्ने अवस्था आएको भट्टराई परिवारले जनाएको छ ।

क्यान्सर पीडित भट्टराईलाई उहाँका छोरीले बोनम्यारो डोनेट गर्ने तयारी रहेको छ । यस कार्यका लागि करीब ३५ लाख रुपैंया खर्च लाग्ने जानइएको छ । पहिलो चरणको उपचारकै क्रममा परिवारको घर, घडेरी जायजेथा बेचिएर आर्थिक अवस्था धाराशायी भइसकेकाले यस दोश्रो चरणमा समेत उपचार सहयोग गरी ब्लड क्यान्सर पीडित भट्टराईको जीवन रक्षा गरिदिन परिवारले सार्वजनिक अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार