चितवन खबर पोष्ट

बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसका रूपमा माडी क्याम्पसले BBA र B.Ed.मा भर्ना खुला

२८ मंसिर, माडी । बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पसको रूपमा समायोजन भएको माडी क्याम्पसले सेमेष्टर प्रणालीमा आधारित B.B.A. र B.Ed. कार्यक्रमका लागि भर्ना खुला गरेको छ ।

क्याम्पसले आइतबार एक सुचना जारी गर्दै विद्यार्थीहरुबिच आकर्षक मानिने बि.बि.ए. सहित बि.एड. कार्यक्रमका लागि भर्ना फारम खुला भएको जनाएको हो । आउँदो पौष ६ गतेसम्म फारम खुला रहने र पौष ७ गते प्रवेश परीक्षा सञ्चालन हुने क्याम्पस प्रमुख नेत्रप्रसाद गौतमले बताउनुभयो ।

यसअघि, बागमती प्रदेश मन्त्रीपरिषद्को मंसिर ९ गतेको बैठकले माडी क्याम्पस सहित बागमती प्रदेशका ६ वटा क्याम्पसलाई प्रदेश विश्वविद्यालयमा समायोजन हुन स्विकृति दिने निर्णय गरेको थियो । त्यसपछि मंसिर २६ गते बागमती प्रदेश विश्वविद्यालय र माडी क्याम्पसबिच सम्झौता पत्रमा हस्ताक्षर भएसंगै माडी क्याम्पस औपचारिक रुपमै प्रदेश विश्वविद्यालयमा समायोजन भएको थियो ।

तपाईको प्रतिक्रिया