०१ पाैष, माडी । माडीको बसन्तपुरस्थित बघौंडा मध्यवर्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति अध्यक्षमा पिताम्बर पोख्रेल चयन हुनुभएको छ । मंगलबार सहकारी प्राङ्गणमा सम्पन्न ११औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट पोख्रेलको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा हिरामणी चौधरी, सचिवमा तारा विश्वकर्मा तथा कोषाध्यक्षमा इन्द्रदेवी महतो चयन हुनुभएको छ । यस्तै सदस्यहरूमा बलराम महतो, अशोक लामिछाने, जिवलाल चापागाईं, कान्छिमाया महतो र चन्द्रकला महतो रहनुभएको छ ।

त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा तिलक भुसाल चयन हुनुभएको छ भने सदस्यहरूमा भागिरथ बस्याल र छन्नुराम महतोलाई जिम्मेवारी दिइएको छ । बघौंडा मध्यवर्ती उपभोक्ता समितिद्वारा प्रवर्द्धित सो सहकारी अरुभन्दा सहुलियत ब्याजदरमा ऋण प्रवाह गर्ने सहकारी संस्थाका रुपमा परिचित छ ।


