०२ पाैष, माडी । बागमती प्रदेश सांसद ठाकुरप्रसाद ढकालले आफ्नी दिवंगत आमाको स्मृतिमा जनकल्याण माध्यमिक विद्यालय, कल्याणपुरमा अध्ययनरत ३५ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नुभएको छ ।
प्रदेशसभाको कृषि, शिक्षा र स्वास्थ्य समितिका सभापति र माडीका पूर्व नगरप्रमुख समेत रहनुभएका ढकालले आमा रुकमनी ढकालको स्मृतिमा मंगलबार विद्यालयमै पुगी विद्यार्थीहरूलाई जाडोयाम लक्षित न्यानो कपडा वितरण गर्नुभएको विद्यालयले जनाएको हो ।

कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष सुरेश बहादुर थापा, वि.व्य.स.सदस्य तारा बहादुर खत्री, प्रधानाध्यापक रामबहादुर जि.सी तथा शिक्षक विद्यार्थीहरूको उपस्थिति रहेको थियो । सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्ने यस कार्यप्रति विद्यालय परिवारले दाताप्रति धन्यवाद व्यक्त गरेको छ ।


