खेल र खेलाडी पोष्ट

माडीको बसन्तपुरमा ग्रासरुट तथा स्कूल स्तरीय क्रिकेट प्रतियोगिता सञ्चालन हुने

०२ पाैष, माडी । माडी क्षेत्रको क्रिकेट विकासमा निरन्तर पहल लिइरहेको बसन्तपुर युथ क्लबले नयाँपिंढीका बालबालिकाको खेल प्रतिभा उजागर गर्ने उद्देश्यले “ग्रासरुट तथा स्कूल स्तरीय क्रिकेट प्रतियोगिता” आयोजना गरेको छ ।

बसन्तपुर बजारस्थित खुल्ला मैदानमा आउँदो २०८२ पुस ५ गते (शनिबार) बिहान ११ः०० बजे सो खेल कार्यक्रम सुरु हुने क्लबका अध्यक्ष पदम विलाश पन्तले जानकारी दिनुभयो ।

साना बालबालिका लक्षित सो प्रतियोगितामा टेनिस बल प्रयोग हुने, सहभागी खेलाडी तथा टिमका लागि कुनै पनि दर्ता शुल्क नलाग्ने साथै प्रत्येक खेलाडीलाई आयोजकको तर्फबाट खाजाको व्यवस्था गरिएको अध्यक्ष पन्तले जनाउनुभयो ।

तपाईको प्रतिक्रिया