०९ पाैष, माडी । पूर्वी माडीको कृष्णनगरमा सञ्चालित खुला रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन् । “रगतदानले जीवन बचाउँछ” भन्ने मूल सन्देशका साथ आयोजित सो कार्यक्रममा २२ महिला र ४९ पुरुषले रक्तदान गरेका हुन् ।
चितवन एड ट्रष्ट युकेको सहयोग र स्वदेश एफ.एम.को सहकार्यमा माडी-९, कृष्णनगरस्थित ग्रीनल्यान्ड यूथ क्लबले सो रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदातामध्ये आधाजसोले पहिलोपटक रक्तदान गरेको आयोजक संस्थाका अध्यक्ष सहदेव गुरुङले जनाउनुभयो ।

माडी–९ का वडाध्यक्ष घनश्याम दवाडीको प्रमुख आतिथ्यमा सञ्चालित सो कार्यक्रममा चितवन एड ट्रष्टका निवर्तमान अध्यक्ष कृष्ण गुरुङको विशेष उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रमको सफल आयोजनाबाट उत्साही भएका ग्रिनल्याण्ड युवा क्लबका युवाहरुले अब आँखा सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको तयारी अगाडि बढाएका छन् ।


