१९ पाैष, माडी । माडी-५, रमाइलोडाँडास्थित जन्मभूमि उपभोक्ता सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा ९ लाख ६५ हजार २ सय १४ रुपैयाँ शुद्ध मुनाफा आर्जन गरेको छ।
शनिबार सम्पन्न सहकारीको १५औँ वार्षिक साधारणसभामा प्रस्तुत तथा पारित आय-व्यय प्रतिवेदनअनुसार सो सहकारीले आ.व. २०८१/८२ मा कुल ५ करोड ८७ लाख ५७३ रुपैयाँको कारोबार गरेको हो। हाल सहकारीमा ६६४ जना सेयर सदस्य आबद्ध रहेको प्रतिवेदनमा उल्लेख छ।

साधारणसभा कार्यक्रम अन्तर्गत सहकारीले ज्येष्ठ सेयर सदस्यका रूपमा मोहनीलाल बस्याल, गुणाखर बस्याल, वीरबहादुर बी.क., प्रेममाया गौतम, पूर्णकला चापागाईं र हरिकला तिवारीलाई सम्मान गरेको छ। त्यसैगरी असल ऋणीका रूपमा चित्रबहादुर राना, भाग्यमणि महतो र गौरीशंकर बोट तथा असल बचतकर्ताका रूपमा पूर्णकला भुसाल र मालिका पौडेल सम्मानित हुनुभएको छ।

यस्तै, एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने छात्र सुदीन तिवारी र छात्रा साक्षीकुमारी यादव तथा उत्कृष्ट बाल बचतकर्ताका रूपमा सम्राट रिमाल र रक्षा बस्याललाई पनि सम्मान गरिएको थियो। सहकारीका अध्यक्ष गंगाराम रानाभाटको अध्यक्षतामा सम्पन्न साधारणसभामा माडी-५ का वडाध्यक्ष गणेशकुमार विश्वकर्मा प्रमुख अतिथिका रूपमा सहभागी रहनुभएको थियो।

