१९ पाैष, माडी । माडी गर्दी भरतपुर कल्याण समाजको छैठौँ साधारण सभा तथा अधिवेशनबाट युवराज पौडेल अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी उपाध्यक्ष पदमा शालिग्राम सापकोटा र चिन्तामणि आचार्य चयन हुनुभएको छ भने सचिवमा शालिग्राम पौडेल, कोषाध्यक्षमा मुना थापा तथा सहसचिवमा पूजा क्षेत्री चयन हुनुभएको छ ।
कार्यसमितिका सदस्यहरूमा गोविन्द प्रसाद आचार्य, गिरिप्रसाद भट्टराई, श्रीराम बहादुर पोखरेल, सरला पोखरेल, केशव बस्ताकोटी, विष्णु सुवेदी र पार्वती अधिकारी चयन हुनुभएको छ । त्यसैगरी लेखा समितिको संयोजकमा शिवप्रसाद ढकाल चयन हुनुभएको छ भने सदस्यहरूमा विष्णु सुवेदी र रेणुका काफ्ले मनोनित हुनुभएको छ ।

भरतपुर–५, समीचोकस्थित गणेश मन्दिरको सभाहलमा सम्पन्न साधारणसभा तथा अधिवेशन कार्यक्रमका अवसरमा समाजकी कोषाध्यक्ष मुना थापालाई तथा जेष्ठ नागरिक सम्मानबाट कोषका सेयर सदस्य तुलसी प्रसाद दवाडीलाई सम्मान समेत गरिएको समाजले जनाएको छ ।


