चितवन खबर पोष्ट

चितवन मोबाइल व्यवसायी संघ माडी इकाई समितिको अध्यक्षमा सविन चापागाईं पुनर्चयन

२३ पाैष, माडी । चितवन मोबाइल व्यवसायी संघ माडी इकाई समितिको अध्यक्षमा सविन चापागाईं पुनर्चयन हुनुभएको छ । बुधबार साँझ बसन्तपुरमा सम्पन्न इकाई समितिको दोश्रो अधिवेशनबाट अध्यक्षमा चापागाईं पुनर्चयन हुनुभएको हो ।

समितिको उपाध्यक्षमा अनिल चौधरी, सचिवमा ऋषिकेश चापागाईं र कोषाध्यक्षमा अनमोल महतो चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा जिताराम महतो, प्रभात नेपाली र दीपेन्द्र महतोलाई जिम्मेवारी दिइएको छ । इकाई समितिको सल्लाहकारमा सरोज शाह र अशोक महतो रहनुभएको छ ।

तपाईको प्रतिक्रिया