चितवन खबर पोष्ट

माडी माइतीघर, नेपालद्वारा हनुमानझुलास्थित सगरमाथा माध्यमिक विद्यालयमा न्यानो कपडा वितरण

२४ पाैष, माडी । माडीमा माइतीघर रहेका चेलीहरुको संस्था माडी माइतीघर, नेपालले हनुमानझुलास्थित सगरमाथा माध्यमिक विद्यालयमा न्यानो कपडा वितरण गरेको छ।

जाडो मौसमलाई लक्षित गरी संस्थाले विद्यालयका १०० जना विपन्न विद्यार्थीहरूलाई करिब ५० हजार रुपैयाँ बराबरका स्विटर वितरण गरेको हो । कार्यक्रममा वडाध्यक्ष घनश्याम दवाडीले विद्यार्थीहरूलाई टीका लगाई शुभकामना व्यक्त गर्नुभएको थियो भने संस्थाकी अध्यक्ष पौडेलले न्यानो कपडा हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा माडी माइतीघर, नेपालकी अध्यक्ष मनरुपा पौडेलले शिक्षा, स्वास्थ्य र महिला सशक्तिकरण संस्थाको प्रमुख कार्यक्षेत्र रहेको उल्लेख गर्दै बालबालिकाको शिक्षामा गरिएको लगानीले समाजको भविष्य उज्यालो बनाउने बताउनुभयो। कार्यक्रमको सञ्चालन माडी माइतीघर, नेपालको सचिव गायत्री भुसालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया