चितवन खबर पोष्ट

माडीकी नारायणी थापा क्षेत्री मुटु र क्यान्सर रोगसँग जीवन-मरणको संघर्षमा, उपचार सहयोगको अपील

२३ पाैष, माडी । माडी नगरपालिका-८, इन्द्रबस्ती, चितवन निवासी नारायणी थापा क्षेत्री विगत २०७२ सालदेखि मुटु र क्यान्सरजस्तो गम्भीर रोगसँग निरन्तर संघर्षरत हुनुहुन्छ ।

उहाँलाई स्तनमा क्यान्सर देखिएपछि अपरेशन गरिएको थियो । त्यसपछि पाठेघरमा पनि क्यान्सर देखिएर शल्यक्रिया गर्नुपर्‍यो । घाँटीको संक्रमणका कारण घाँटीको अपरेशन गरिएको छ भने मुटुमा समस्या आएपछि त्यसको पनि शल्यक्रिया गरिएको परिवारले जनाएको छ । हाल दोश्रो स्तनमा पनि क्यान्सर देखिएपछि त्यसको उपचार सुरू भएको अवस्था छ ।

लामो उपचारका क्रममा करिब ४८–४९ लाख रुपैयाँ खर्च भइसकेको पीडित थापाले बताउनुभयो । आफन्त र परिवारको सहयोगमा उपचार हुँदै आए पनि अहिले परिवार पूर्ण रूपमा आर्थिक संकटमा परेको छ । बेच्न मिल्ने सम्पत्ति नभएकाले उपचार नै रोकिने अवस्था आएको जनाइएको छ ।

५–६ जना सदस्य रहेको परिवारको आम्दानीको स्रोत कमजोर हुँदा दैनिकीसमेत कठिन बनेको थापाले बताउनुभयो । आफ्नो जीवन बचाउन फेरि उपचार आवश्यक रहेको बताउँदै नारायणी थापा क्षेत्री र उहाँका छोराले देश-विदेशमा रहनुहुने सबै सहयोगी मनका व्यक्ति, संघ-संस्था तथा दातृ निकायसँग सकेजति सहयोग गरिदिन हार्दिक अपिल गर्नुभएको छ ।

बिरामीको सम्पर्क: 9862784052

बैंक खाता: M307010004689 (Global IME Bank)

नाम: Narayani Thapa Chhetri

तपाईको प्रतिक्रिया