चितवन खबर पोष्ट

भरतपुरमा यातायात व्यवस्थापनमा कडाइ : बसपार्कबाट मात्रै यात्रु उठाउन पाइने

२७ फागुन, माडी । भरतपुरबाट चल्ने सार्वजनिक सवारी साधनहरुले केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) र नारायणगढ बसपार्क (पोखरा बसपार्क)बाट मात्रै यात्रु उठाउन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाको यातायात व्यवस्थापन सुधार गर्न भन्दै सो व्यवस्था लागु गर्ने जनाएको हो ।

कार्यालयले जारी गरेको सूचनामा महानगर क्षेत्रमा विभिन्न स्थानमा रहेका यातायात व्यवसायीका टिकट काउन्टरहरू ४८ घण्टाभित्र सम्बन्धित बसपार्कमा स्थानान्तरण गर्नुपर्ने र बसपार्क बाहेक अन्य स्थानबाट टिकट काट्न नपाइने व्यवस्था गरिएको उल्लेख छ ।

प्रशासनका अनुसार नारायणगढ बजार क्षेत्रका मुख्य सडकमा हुने अव्यवस्थित पार्किङ तत्काल बन्द गरिनेछ । यसबाहेक, पुलचोक लगायतका बजार क्षेत्रमा रहेका पेट्रोल पम्पहरूमा पेट्रोल हाल्ने नाममा अनावश्यक रूपमा सवारी पार्किङ गरेर यात्रु चढाउने–ओराल्ने कार्य नगर्न पनि सूचनामा निर्देशन दिइएको छ ।

तपाईको प्रतिक्रिया