२६ फागुन, माडी । प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा माडीमा तालिम गरेका २०९ जना निर्वाचन प्रहरी (म्यादी प्रहरीहरु)लाई बिदाई गरिएको छ ।
निर्वाचनका क्रममा चितवनका विभिन्न स्थानमा खटिएका उनीहरुलाई मंगलबार इलाका प्रहरी कार्यालय माडीले बिदाई गरेको हो । इप्रका माडीमा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी निरीक्षक किरण राईले निर्वाचनलाई सफल बनाउन इमान्दारीपूर्वक खटिएका प्रहरी कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
चितवनमा खटिएका सबै निर्वाचन प्रहरीहरुलाई जिल्ला प्रहरी कार्यालयले समेत औपचारिक बिदाई गरेको थियो ।




