चितवन खबर पोष्ट

बाघको आक्रमणबाट मृत्यु भएका बोटको परिवारलाई इनर भिजन सोसाइटीद्वारा आर्थिक सहयोग

२७ फागुन, माडी । बाघको आक्रमणमा परी मृत्यु भएका माडी नगरपालिका-१ पाण्डबनगर निवासी भानु बोटको परिवारलाई इनर भिजन सोसाइटी नेपालले आर्थिक सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष दामोदर देवकोटाले पीडितको घरमै पुगी नगद रु. १५ हजार सहयोग गर्नुभएको हो । रकम हस्तान्तरणका क्रममा अध्यक्ष देवकोटासंगै कार्यपालिका सदस्य सीता सुवेदी, पूर्व वडाध्यक्ष कृष्ण पौडेल, माडी नगरपालिकाका बालकल्याण अधिकारी सन्ध्या भट्टराई र जेनजी माडीका अध्यक्ष भरत ढकाल लगायतको उपस्थिति रहेको थियो ।

गत माघ दोश्रो साता घरनजिकै जंगल क्षेत्रमा गएका बेला बाघले आक्रमण गरी बोटलाई भित्री जंगलतर्फ तानेर लगेको थियो । हात्तीसहित सेना र स्थानीयबासीहरुको टोलीले बोटको खोजी गर्दा उनको कपडा र रगत लतपतिएको देखिएसंगै मृत्यु भइसकेको निष्कर्ष निकालिएको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार