चितवन खबर पोष्ट

माडी नगरपालिकाको रोकिएको हिउँदे (सत्रौं) नगरसभा आउँदो चैत ४ गते बुधबार सञ्चालन हुने

२७ फागुन, माडी । माडी नगरपालिकाको रोकिएको हिउँदे (सत्रौं) नगरसभा आउँदो चैत ४ गते बुधबार सञ्चालन हुने भएको छ । यसअघि, पौष २५ गते बिहान ११ बजे बस्ने तय भएको नगरसभा केहि विषयमा मतैक्यता हुन नसक्दा स्थगित भएको थियो ।

बुधबार (आज) भएको माडी नगरपालिकाको कार्यपालिका बैठकले यसअघि स्थगित नगरसभा चैत ४ गते सुचारु गर्ने निर्णय गरेको माडी नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो । यसका साथै बैठकले सशर्त र विशेष अनुदान अन्तरगतका केहि योजनाहरुमाथि छलफल समेत गरेको उहाँले जानकारी दिनुभयो ।

पालिकाहरुको हिउँदे अधिवेशनमा चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको समीक्षा गर्ने, आवश्यक परेमा बजेट संशोधन वा रकमान्तर गर्ने, विभिन्न विधेयक, कार्यविधि वा नियमावली पारित गर्ने तथा नगरपालिकासँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू लिइने नगर उपप्रमुख खेमप्रसाद महतोले बताउनुभयो । (फाइल फोटो)

तपाईको प्रतिक्रिया

ताजा समाचार