०१ बैशाख, माडी । माडीको बसन्तपुरमा स्थापित माडी फन पार्कले स्वीमिङ पुल सञ्चालन गरेको छ । नयाँबजार क्षेत्रमा स्थापित सो फनपार्कले नयाँ बर्ष २०८३ को सन्दर्भ पारी स्वीमिङ पुल सेवा आंशिक रुपमा खुला गरेको हो ।
फन पार्कमा स्वीमिङ पुलबाहेक अन्य धेरै आकर्षण समेत थप गर्ने योजना रहेपनि हालका लागि स्वमिङ पुल खुला गरिएको पार्क सञ्चालक समूह सम्बद्ध ओम भण्डारीले बताउनुभयो ।
आन्तरिक पर्यटनको विकासमा सघाउने र स्वास्थ्यका लागि पौडिनु धेरै नै उपयोगी रहेकाले ५ जनाको समूह मिलेर स्वीमिङ पुल सहितको फनपार्कमा लगानी गरिएको उहाँको भनाई थियो ।

पार्कमा नयाँ बर्षको शुभ अवसर पारी माडीका मिडियाकर्मीहरु भेला भई शुभकामना आदानप्रदान समेत गरेका थिए । (माडी क्षेत्रमा नयाँ सुरुवात हुन लागेको व्यवसायिक केन्द्रको समुद्घाटनबारे जानकारी गराउनुहो्स्, हामीले समाचार बनाउने छौं ।)



