०१ बैशाख, माडी । शहरी युवापुस्ताले निकै रुचाइरहेको ‘बबल–टी’को आउटलेट माडीमा समेत स्थापना भएको छ । भरतपुरमा सफ्टवेयर र आई.टी.को क्षेत्रमा काम गरिरहेका प्रविन काफ्लेले नयाँ बर्ष २०८३ को अवसर पारी बसन्तपुर बसस्टपमा सोमा बबल टीको नाउँबाट नयाँँ व्यवसायिक थालनी गर्नुभएको हो ।
पछिल्लो समय ‘बबल–टी’को लोकप्रियता बढ्दै गएको छ । गर्मी चढेसँगै बबल टी क्रेज झन् धेरै बढ्ने गर्दछ । भेनिला, स्ट्राबेरी, चकलेट लगायतका स्वादका प्रकार, स्टाइलिस गिलास र बबल्स भएकाले यो ड्रिङ्समा आकर्षण बढिरहेको हो ।
माडी नगरप्रमुख ताराकुमारी काजी महतोले रिबन काटेर सो व्यवसायिक केन्द्रको उद्घाटन गर्नुभयो । त्यस क्रममा बबल टी पिएकाहरुले यसको स्वादको खुलेरै तारिफ गरेका थिए । (माडी क्षेत्रमा नयाँ सुरुवात हुन लागेको व्यवसायिक केन्द्रको समुद्घाटनबारे जानकारी गराउनुहो्स्, हामीले समाचार बनाउनेछौं ।)




