०१ बैशाख, माडी । माडीको पर्यटन विकास र होमस्टेहरुको सेवा व्यवस्थापनका लागि माडी नगरपालिकाले सञ्चालन गरेको पर्यटकीय पोर्टल Exploremadi.org को औपचारिक सुरुवात भएको छ ।
२०८३ बैशाख १ गते नयाँबर्षको अवसर पारी सोमेश्वरगढीमा एक कार्यक्रमबीच सो पोर्टलको औपचारिक सुरुवात भएको थियो । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले क्युआर प्लेट अनावरण र क्युआर स्क्यान गरी सो पोर्टलको समुद्घाटन गर्नुभएको हो ।
त्यस क्रममा बोल्दै नगरप्रमुख महतोले अब सो पार्टललाई मोबाइल एप्सका रुपमा थप विकास गर्ने प्रतिवद्धता व्यक्त समेत गर्नुभयो । समुद्घाटन कार्यक्रममा नगर उपप्रमुख खेमप्रसाद महतो, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल र वडाध्यक्षहरु, राजनैतिक दल तथा संघसंस्थाका प्रतिनिधीहरु एवं माडीका पर्यटनकर्मी र नगरवासीहरू सहभागी रहेका थिए ।

पोर्टलमा, माडीका पर्यटकीय सम्पदाको विश्वका विभिन्न भाषामा अनलाइन अनुवाद सहित जानकारी उपलब्ध रहेको छ । साथै, माडीभित्र रहेका घरबास (होमस्टे)हरूको विवरण, अग्रिम बुकिङ तथा अतिथिको अभिलेखसहितको व्यवस्थापन प्रणाली पनि समावेश रहेको छ।



