०२ बैशाख, माडी । चितवन माडीका युवा खेलाडी ललित राउतले पोखरामा सम्पन्न “2nd Open Athletics Meet 2026” अन्तर्गत शटपुट (Shot Put) विधामा तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको छ ।
देशभरबाट सहभागी खेलाडीहरूमाझ चितवन टिमबाट प्रतिस्पर्धा गर्दै उहाँले ११.३३ मिटर थ्रो गर्दै काश्य पदक जित्नुभयो । प्रतियोगितामा गण्डकी टिपम का दुजित थापामगर (१२.१९ मिटर थ्रो) ले स्वर्ण र कास्की टिमका अशिष रायमाझी (११.३६ मिटर थ्रो) ले रजत पुरस्कार पाउनुभयो ।
कास्की जिल्ला एथलेटिक्स सङ्घको आयोजनामा पोखरा रङ्गशालामा सम्पन्न उक्त प्रतियोगिता करिब ३०० खेलाडीहरूको सहभागिता रहेको थियो। सातै प्रदेशका खेलाडीसहित विभागीय टोलीहरू नेपाल आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका खेलाडीहरू पनि प्रतिस्पर्धामा सहभागी थिए।




