०३ बैशाख, माडी । माडी क्षेत्रमा माइतीघर रही भरतपुर लगायत विभिन्न स्थानमा बसोबास गर्ने चेलीहरुको संस्था माडी माइतीघरले विभिन्न कार्यक्रमहरुमा आफूहरुलाई समेट्न खुला अनुरोध गरेको छ ।
माडीमा माइती रहेका महिलाहरुबिच एकता र सहकार्यको भावनालाई प्रवद्र्धन गर्दै आएको सो संस्थाले माडीमा आयोजना हुने विभिन्न सामाजिक, शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरूमा आफूलाई निमन्त्रणा गरी सहभागी गराउन अनुरोध गरेको हो ।
संस्थाका अध्यक्ष मनरुपा पौडेलले एक पत्रमार्फत “माइतीघर” शब्दले बोकेको माया, अपनत्व र सुरक्षाको भावनालाई केन्द्रमा राख्दै शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण, सामाजिक सेवा तथा सांस्कृतिक संरक्षणका क्षेत्रमा सहकार्यको सार्वजनिक आग्रह गर्नुभएको हो ।




