चितवन खबर पोष्ट

नैनादेवी बस्यालको जन्मोत्सवमा १०६ जनाद्वारा रक्तदान

०४ बैशाख, माडी । आमा नैनादेवी बस्यालको ९३ औँ जन्मोत्सवको अवसर पारी बस्याल परिवारले माडीमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा १०६ जनाले रक्तदान गरेका छन् । रक्तदानमा २४ महिला र ८२ पुरुष रक्तदाताको सहभागिता रहेको हो, जसमध्ये १७ जनाले पहिलोपटक रक्तदान गरेका थिए ।

आमाको इच्छाअनुसार रक्तदान कार्यक्रम आयोजना गरेको बस्याल परिवार सदस्य समेत रहनुभएका माडीका रेडक्रसकर्मी भागिरथ बस्यालले बताउनुभयो । यस कार्यक्रमले रगत अभावको हालको समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया