चितवन खबर पोष्ट

मातातीर्थ औँसीमा माडीको मातातीर्थ धाममा विशेष मातृ भोजन कार्यक्रम

०४ बैशाख, माडी । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष (मातातीर्थ) औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज विहीबार देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।

यस पर्वकै अवसर पारी काठमाडौं उपत्यका बाहिरकै पहिलो र एकमात्र मातातीर्थ धाम रहेको माडी-६, लक्ष्मीनिवासस्थित त्रिपुरेश्वर शिवालय मन्दिर तथा मातातीर्थ धाममा मातृ भोजन (आमा खुवाउने) कार्यक्रम सञ्चालन हुँदैछ । बिहान ११ बजेदेखि भजन कीर्तन सहित सो धार्मिक कार्यक्रम सञ्चालन हुने मन्दिरका अध्यक्ष किशन आचार्यले बताउनुभयो ।

यस दिन छोराछोरीहरुले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा-तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ ।आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादान सहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

तपाईको प्रतिक्रिया