चितवन खबर पोष्ट

माडीमा बैशाख ११ भित्र भर्ना अभियान, १४ गतेबाट कक्षा सञ्चालन

०४ बैशाख, माडी । माडी नगरपालिकाले नगरभित्रका सम्पूर्ण विद्यालयहरूमा बैशाख ११ गतेभित्र भर्ना अभियान चलाई बैशाख १४ गतेबाट नियमित पठनपाठन सुरु गर्न सूचना गरेको छ ।

नगरस्तरीय शिक्षा समितिको बैशाख २ गतेको निर्णय अनुसार माडी नगरप्रमुख ताराकुमारी काजी महतोले एक परिपत्र जारी गर्दै नगरपालिका क्षेत्रभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सो सूचना गर्नुभएको हो ।

यसअघि, संघीय सरकारले विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु गरी वैशाख २१ गतेबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको थियो । तर विद्यालय तहको शिक्षा स्थानीय सरकार मातहत रहने संवैद्यानिक व्यवस्था बमोजिम माडी नगरपालिका लगायतका केहि स्थानीय तहहरुले सो अगावै भर्ना अभियान र कक्षा सञ्चालन गर्ने भएका हुन् ।

तपाईको प्रतिक्रिया