चितवन खबर पोष्ट

कांग्रेस विवादमा सर्वोच्चको फैसला—गगन थापा समूहलाई आधिकारिकता कायम

०४ बैशाख, माडी । सर्वोच्च अदालतले नेपाली कांग्रेसभित्रको विवादमा महत्वपूर्ण फैसला गर्दै गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ।

न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनमार्फत बनेको कार्यसमितिलाई वैधानिकता दिने आयोगको निर्णय कानुनसम्मत रहेको ठहर गरेको हो।

यससँगै विशेष महाधिवेशनलाई मान्यता दिन नहुने भन्दै शेरबहादुर देउवा समूहले उठाएको माग अप्रत्यक्ष रूपमा अस्वीकृत भएको छ। अदालतको निर्णयपछि विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको वर्तमान कार्यसमितिले गर्ने सबै कामकारवाहीले निरन्तर वैधानिक मान्यता पाउने स्पष्ट भएको छ।

यसअघि गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि त्यसको विरोधमा देउवा समूह सर्वोच्च अदालत पुगेको थियो। अदालतले आयोगकै निर्णयलाई समर्थन गर्दै विवाद टुंग्याएको हो।

तपाईको प्रतिक्रिया