चितवन खबर पोष्ट

माडी क्याम्पसमा रामकृष्ण क्षेत्री पुनः प्रमुख नियुक्त

०५ बैशाख, माडी । बागमती प्रदेश विश्वविद्यालयको आंगिक क्याम्पस रहेको माडी क्याम्पसमा रामकृष्ण क्षेत्री क्याम्पस प्रमुख नियुक्त हुनुभएको छ । विश्वविद्यालयले बैशाख ४ गते (च.नं. २९८/०८२/८३ बाट) क्षेत्रीलाई क्याम्पसको प्रशासनिक, शैक्षिक एवं आर्थिक कार्यहरु सञ्चालनको जिम्मेवारी सहित क्याम्पस प्रमुख नियुक्त गरेको हो ।

माडी क्याम्पसले सो पदमा नियुक्तिका लागि विश्वविद्यालय समक्ष क्षेत्रीसंगै कृष्णहरि अधिकारी र गीता चौधरीको नाम सिफारिस गरेको थियो । क्याम्पस प्रमुख नियुक्त क्षेत्रीले यसअघि पनि सोही क्याम्पसको प्रमुख रही करीब २ बर्ष कार्यसम्पादन गर्नुभएको थियो ।

घरायसी कारण देखाउँदै (२०८२ भदौ ३० गते) क्याम्पस सञ्चालक समितिसमक्ष राजिनामा दिनुभएकोमा करीब ७ महिनामै क्षेत्री पुनः क्याम्पस प्रमुख पदमा फर्किनुभएको छ । यसबिचमा तोयनाथ (अनुप) तिवारी, नेत्रप्रसाद गौतम र युवराज लामिछाने क्याम्पस प्रमुखको जिम्मेवारीमा रहनुभयो ।

तपाईको प्रतिक्रिया