चितवन खबर पोष्ट

माडीमा सवारी चेकजाँच कडा, ट्राफिक नियम उल्लंघनकर्तामाथि कारबाही

०४ बैशाख, माडी । ईलाका प्रहरी कार्यालय माडीले सवारी चेकजाँचलाई कडा बनाएको छ ।

पछिल्लो समयमा माडीमा दुर्घटना बढ्दै गएको अवस्थामा विशेषगरी मोटरसाइकल चालकहरुले सुरक्षा सतर्कता नअपनाई सवारी चलाउने क्रम बढ्दै गएको देखिएकोले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै माडीका मुख्य बजार बरुवा बजार लगायतका क्षेत्रहरूमा ट्राफिक चेकजाँच गरिएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

मादक पदार्थ सेवन गरि सवारी चलाउने, तिब्र गतिमा मोटरसाइकल चलाउने, हेलमेट नलगाई तथा लाइसेन्स ब्लुबुक साथमा नलिई मोटरसाईकल चलाउने तथा मोटरसाइकलमा दुइभन्दा बढि यात्रा गर्नेहरुलाई सचेत गराउनुका साथै नियमानुसार कारबाही समेत गरिएको ईलाका प्रहरी कार्यालय माडीले जनाएको हो ।

तपाईको प्रतिक्रिया