खेल र खेलाडी पोष्ट

शोभाखर काफ्ले स्मृति फुटबल प्रतियोगिता बैशाख १८ देखि

०५ बैशाख, माडी । माडी-२, भैरवपुर गाउँका दिवंगत समाजसेवी शोभाखर काफ्‌लेको स्मृतिमा आउँदो बैशाख १८ गतेदेखि फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

ज्ञानज्योति युवा क्लबको आयोजनामा भैरवपुर फुटबल चौरमा तेश्रो संस्करणको प्रतियोगिता सञ्चालन हुन लागेको हो । २०७८ मंसिरमा पहिलो र २०८१ पौषमा दोश्रो संस्करण सञ्चालन भएको सो खेल स्पर्धाको तेश्रो संस्करण आउँदो बैशाख १८ देखि २६ गतेसम्म सञ्चालन हुने आयोजक क्लबले सार्वजनिक गरेको छ ।

हाम्रो अभियान : स्थानीय खेलाडी उत्पादन भन्ने नारासहित सञ्चालन हुन लागेको तेश्रो संस्करणको खेलमा माडीभरबाट ८ वटा टीम (आयोजक ज्ञानज्योति, डिफेन्डिङ च्याम्पीयन योङ स्टार पौहारी, बसन्तपुर युनाइटेड, जनकल्याण तमु समाज, ध्रुबतारा युवा क्लब, नेपाल बोटे समाज, डाइनामिक युथ क्लब र बुद्धज्योति युवा क्लब) सहभागी रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया