चितवन खबर पोष्ट

मुख्यमन्त्रीको व्यस्तताले घर्ती प्रतिष्ठानको कार्यक्रम स्थगित

०५ बैशाख, माडी । माडी–६, रामराज्यपुरस्थित कर्णबहादुर घर्ती स्मृति प्रतिष्ठानको साधारणसभा तथा प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन कार्यक्रम स्थगित भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा (भोलि) बैशाख ६ गते आइतबार आयोजित सो कार्यक्रम मुख्यमन्त्री बानियाँको समय व्यस्तताका कारण स्थागित भएको हो ।

अब प्रतिष्ठानको बैठकले संस्थाको साधारणसभा तथा भवन समुद्घाटनको अर्को मिति तय गर्ने प्रतिष्ठानका सभापति तुलप्रसाद घर्तीले जनाउनुभयो । प्रतिष्ठानले माडी क्षेत्रमा विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया