धर्म-संस्कृति पोष्ट

देबेन्द्रपुर शनि धाममा जेठ २ गते ११औँ शनि जयन्ति उत्सव हुने

०५ बैशाख, माडी । शनि जयन्तिको अवसरमा माडी–७, देबेन्द्रपुरस्थित शनि धाममा एघारौँ शनि जयन्ति उत्सव सञ्चालन हुने भएको छ। आउँदो जेठ २ गते शनिबार परेको उक्त उत्सवमा यस वर्ष विविध सांस्कृतिक कार्यक्रमसँगै दुना–टपरी बनाउने प्रतियोगिता समेत सञ्चालन गरिनेछ।

शनि जयन्ति उत्सव सञ्चालन गर्ने सम्बन्धमा दक्षिण सोमेश्वर कालिका धार्मिक समिति (शनि धाम)को बैठकले उक्त निर्णय गरेको हो। उत्सव सञ्चालनका लागि युवा पण्डित सुदर्शन सुवेदीको संयोजकत्वमा मूल आयोजक समिति समेत गठन गरिएको छ।

समितिको उपाध्यक्षमा भुवानी प्रसाद आचार्य, सचिवमा जगत प्रसाद अधिकारी तथा सदस्यहरूमा रेवती पौडेल, कमला काफ्ले, रमाकान्त सापकोटा, बाबुराम सुवेदी, एकनारायण पौडेल, गणेश अधिकारी, डिल्लिराम च्वाईं, खेमबहादुर रानाभाट र गोपाल खनाल रहनुभएको छ ।

यसैबीच, दक्षिण सोमेश्वर धार्मिक समितिले नयाँ वर्ष २०८३ को भित्तेपात्रो प्रकाशन गरी विमोचन गरेको छ। शनिबार सार्वजनिक गरिएको भित्तेपात्रोमा शनि धामसँग सम्बन्धित फोटो तथा जानकारी समेत समावेश गरिएको युवा पण्डित सुवेदीले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया