०५ बैशाख, माडी । चितवनको माडी नगरपालिका–१, द्राैपतिनगरस्थित बाँसघारी नजिक एक अज्ञात पुरुषको शव फेला परेको छ। आज (वैशाख ५ गते) दिउँसो करिब ३:२० बजे करिब ३५ वर्ष जति उमेरको देखिने पुरुष मृत अवस्थामा फेला परेको हो ।
शव फेला परेको सूचना पाएसंगै इलाका प्रहरी कार्यालय माडीबाट प्रहरी निरीक्षक किरण राईको नेतृत्वमा मुचुल्का टोलीले अनुसन्धान अगाडि बढाएको जनाइएको छ । शवको पहिचान खुल्न बाँकी रहेको छ। (फोटो: शवको अवस्था




