चितवन खबर पोष्ट

कसरास्थित सार्वजनिक शौचालयको शुल्क घटेर ५ रुपैयाँ कायम

०६ बैशाख, माडी । चितवन राष्ट्रिय निकुञ्जभित्र कसरा चेकपोष्टमा रहेको सार्वजनिक शौचालयको शुल्क घटेर रु. ५ कायम भएको छ । यसअघि दिसापिसाब गरेको रु. १० लिने गरेकोमा नयाँ बर्ष २०८३ को सुरुवातदेखि शौच शुल्क घटाई ५ रुपैंया मात्र कायम गरिएको चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिनुभयो ।

३१ औं वन्यजन्तु सप्ताहको अवसर पारी माडीमा सञ्चालित मानव वन्यजन्तु सहअस्तित्व सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. पन्तले सो कुरा जनाउनुभएको हो । निकुञ्जसंग शौचालय व्यवस्थापनका लागि कर्मचारी नभएकाले बाहिरबाट सरसफाईकर्ता राखिएको र संकलित शौच शुल्कबाट सरसफाईकर्ताको पारिश्रमिक र शौचालय सरसफाई हुनेगरेको उहाँले बताउनुभयो ।

विगतमा निकै फोहोर हुनेगरेको कसरास्थित सो सार्वजनिक शौचालयमा सरसफाई कामदार राखिएसंगै सरसफाईमा राम्रो ध्यान पुगेको छ । यसबाट यात्रुहरुलाई शौचका निम्ति सहजता भएपनि शुल्क बढी भएको भन्दै केहि सामाजिक सञ्जाल प्रयोगकर्ता र यात्रुहरुले असन्तोष जाहेर गरेसंगै निकुञ्जले शुल्क घटाएको हो ।

तपाईको प्रतिक्रिया