०६ बैशाख, माडी । अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको निर्वाचनमा अध्यक्ष पदका लागि ४ जनाबिच रस्साकस्सी चलेको छ । समिति अध्यक्ष पदमा निवर्तमान अध्यक्ष शिवजी गायकसहित शिव लामिछाने, शिवहरि सुवेदी र गिरिधारी सुवेदी आकंक्षी देखिनुभएको हो ।
सो समितिको ईकाई (पूर्व वडा) तहमा समेत धेरैजसो मतदान भएको छ । इकाई-१ मा शिव लामिछाने र कुलप्रसाद आचार्यबीच प्रतिस्पर्धा हुँदा ७–५ मतअन्तरले शिव लामिछाने विजयी हुनुभयो। त्यस्तै, इकाई-३ मा शोभाखर सुवेदी (४ मत) लाई पराजित गर्दै गिरिधारी सुवेदी (१२ मत) विजयी हुनुभयो।
यसैगरी, इकाई-७ मा कृष्णप्रसाद अधिकारी (६ मत) लाई पराजित गर्दै गोकुल लम्साल (१० मत) विजयी हुनुभयो। इकाई-८ मा शिवहरि सुवेदी १२ मतसहित विजयी हुँदा उहाँका प्रतिस्पर्धी गमबहादुर राईले २ मत प्राप्त गर्नुभयो। सो इकाईमा २ मत बदर समेत भएको थियो।

यसबाहेक, इकाई-९ मा गंगाबहादुर अधिकारीले २१ मतसहित विजय हासिल गर्नुभयो भने उहाँका प्रतिस्पर्धी दलबहादुर बोहोराले १ मत मात्र प्राप्त गर्नुभयो . अन्य इकाईतर्फ, इकाई-२ बाट कृष्णप्रसाद पौडेल, इकाई-४ बाट तुलबहादुर मगर, इकाई-५ बाट रामबहादुर क्षेत्री र इकाई-६ बाट शिवजी गायक सर्वसम्मत रूपमा समिति सदस्य चयन हुनुभएको थियो।
(फोटोः अध्यक्ष पदमा सहमतीका लागि भित्र बैठक भैरहँदा नतिजाको पर्खाईमा बाहिर बसेका स्थानीयहरु



