माडी (स्थानीय) खबर पोष्ट

अयोध्यापुरी उपभोक्ता समितिको अध्यक्षमा शिवजी गायक निर्वाचित

०६ बैशाख, माडी । अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा शिवजी गायक निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका लागि भएको निर्वाचनमा शिव लामिछानेलाई पराजित गर्दै गायक अध्यक्ष निर्वाचित हुनुभएको हो । गायकले ७ मत पाउँदा लामिछानेले २ मत पाउनुभयो ।

त्यस्तै उपाध्यक्ष पदमा गिरीधारी सुवेदी, सचिवमा गोकुल लम्साल, कोषाध्यक्षमा गंगा बहादुर अधिकारी चयन हुनुभएको छ । यसबाहेक, सदस्यहरुमा तुलबहादुर मगर, कृष्ण प्रसाद पौडेल, रामबहादुर अधिकारी क्षेत्री, शिव लामिछाने र शिवहरि सुवेदी चयन हुनुभएको छ ।

अध्यक्ष बाहेकका अन्य सबै पदहरुमा सर्बसम्मत पदाधिकारी चयन भएको हो । योसंगै माडी क्षेत्रमा रहेको पाँचपाण्डव, रेवा र अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले निर्वाचित पदाधिकारी पाएको छ । अब माडीभित्र बघौंडा मध्यवर्ती उपभोक्ता समितिमा मात्रै अधिवेशन हुन बाँकी रहेको छ ।

तपाईको प्रतिक्रिया