चितवन खबर पोष्ट

निकुञ्जभित्रको सडकमा धुलो नियन्त्रणका लागि भरतपुरसँग सहकार्य माग्दै माडी नगरपालिका

०६ बैशाख, माडी । माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकमा पानी हाल्न सहकार्यका लागि भरतपुर महानगरपालिकालाई अनुरोध गरेको छ । नगरपालिकाको ६९औं (संक्षिप्त) कार्यपालिका बैठकले निकुञ्जभित्रको बाटोमा धुलो नियन्त्रणका लागि पानी हाल्ने कार्यमा सघाउन महानगरलाई अनुरोध अनुरोध गर्ने निर्णय गरेको हो ।

माडी नगरपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध रहेको र निकुञ्जभित्रको सडकमा माडीबासी मात्रै नभई भरतपुरबासीले समेत यात्रा गर्ने भएकाले पानी हालेर धुलो नियन्त्रण गर्ने कार्यमा दुबै पालिकाले सहकार्य गर्नुपर्ने सो बैठकको निर्णय रहेको हो ।

यसबाहेक, बैठकले निकुञ्जभित्र मोज्याक टायल राखी सडक निर्माणको टेण्डर खोल्नुअघि संघीय कानुनमन्त्री एवं चितवन–३ का प्रतिनिधिसभा सदस्य सोविता गौतमसंग भेट सम्वाद गर्ने निर्णय गरेको छ । संघीय सरकारले सो सडकमा कालोपत्रे गर्ने वा अन्य कुनै फरक योजना बनाएको भए त्यसबारे समन्वय गरेर मात्रै टेण्डर खोल्नु उचित हुने बैठकले निष्कर्ष निकालेको हो ।

तपाईको प्रतिक्रिया