कृषि र कृषक पोष्ट

माडीमा तीन स्थानमा कृषि हाटबजार र बसन्तपुरमा कोल्ड च्याम्बर प्रस्ताव

०७ बैशाख, माडी । माडी नगरपालिकाले कृषि हाटबजार सञ्चालनका लागि सिधुवा, बसन्तपुर र बरुवा बजारलाई छनौट गरेको छ । नगरपालिकाको ६९औं कार्यपालिका बैठकले संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट माग भएबमोजिम हाटबजार निर्माणका लागि माडीमा सिधुवा चोक (माडी–४), बसन्तपुर बजार (माडी–३) र बरुवा बजार (माडी–१) लाई सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, १० मेट्रिक टन क्षमताको कोल्ड च्याम्बर निर्माणका लागि माडी–३, बसन्तपुर बजारलाई सिफारिस गर्ने निर्णय भएको नगरका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले बताउनुभयो । कोल्ड च्याम्बर निर्माणपछि किसानले उत्पादन गरेको तरकारी बिक्री नभएको अवस्थामा कुहिएर फाल्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

तपाईको प्रतिक्रिया