खेल र खेलाडी पोष्ट

न्यू इयर कप फुटबलको उपाधि जनकल्याण तमु समाजलाई

०७ बैशाख, माडी । नयाँ वर्ष २०८३ को अवसरमा योङ्ग स्टार युवा क्लब माडी-३ शिविरटोल (पौहारी)द्वारा सञ्चालित ’न्यू इयर कप-२०८३’को उपाधी जनकल्याण तमु समाज कल्याणपुरले जितेको छ ।

आइतबार साँझ सम्पन्न फाइनलमा १-० गोल अन्तरबाट आयोजक योङ्ग स्टारलाई उपविजेतामा सिमीत गर्दै जनकल्याण तमु समाजले उपाधी उचालेको हो । फाइनलमा तमु समाजका लागि किरण गुरुङले विजयी गोल गर्नुभयो ।

प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी योङ्ग स्टारका सन्दीप बोट, बेष्ट गोलकिपर तमु समाजका सुनिल निराैला, उदीयमान खेलाडी योङ्ग स्टारका अजित बोट र सर्बाधिक गोलकर्ता सहारा युवा क्लबका कमल सुनार (६ गोल) घोषित हुनुभयो ।

बसन्तपुर हिल साइडस्थित चौरमा सञ्चालित सो माडी स्तरीय नकआउट फुटबल प्रतियोगिताको विजेताले नगद रु. ४० हजार र उप-विजेताले नगद रु. २० हजार प्राप्त गरेका छन् । विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत नगद सहित पुरस्कृत गरिएको आयोजक क्लबले जनाएको छ ।

तपाईको प्रतिक्रिया