माडी (स्थानीय) खबर पोष्ट

माडीका सबै वडामा भोलिदेखि सार्वजनिक सुनुवाई सुरु

०७ बैशाख, माडी । माडी नगरपालिकाका सबै वडाहरुमा भोलि मंगलबारबाट क्रमैसंग वडास्तरीय सार्वजनिक सुनुवाई सञ्चालन हुँदैछ ।

मंगलबार भोलि बैशाख ८ गते वडा नं. १ को सार्वजनिक सुनुवाई सञ्चालन हुनेछ । बरुवा बजारस्थित गुम्बाको सभाहलमा बिहान ११ बजेदेखि सार्वजनिक सुनुवाई सञ्चालन हुने कार्यतालिका रहेको छ ।

त्यसैगरी, बैशाख ९ गते बुधबार माडी-२ मा, बैशाख १० गते बिहीबार माडी-३ मा र बैशाख ११ गते शुक्रबार माडी-४ मा सार्वजनिक सुनुवाई सञ्चालन हुनेछ ।

त्यसैगरी बैशाख १४ गते सोमबार वडा नं. ५ मा, १५ गते मंगलबाार वडा नं. ६ मा, १६ गते बुधबार वडा नं. ७ मा, १७ गते विहीबार वडा नं. ९ को कृष्णनगरमा, १८ गते (बुद्ध जयन्ती पर्वका दिन) हनुमानझुला (प्रस्तावित वडा नं. १०) मा र बैशाख २१ गते सोमबार माडी-८ मा सार्वजनिक सुनुवाई हुनेछ ।

तपाईको प्रतिक्रिया