माडी (स्थानीय) खबर पोष्ट

काफ्ले ब्राह्मण कुल पूजा समितिमा कृष्णप्रसाद काफ्ले अध्यक्ष चयन

०७ बैशाख, माडी । काफ्ले ब्राह्मण कुल पूजा तथा संस्कृति संरक्षण समितिको प्रथम साधारणसभा तथा अधिवेशनबाट कृष्णप्रसाद काफ्ले अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा महदत्त काफ्ले, सचिवमा टेकनाथ काफ्ले, सहसचिवमा मोहदत्त काफ्ले र कोषाध्यक्षमा विष्णु कुमारी काफ्ले चयन हुनुभएको छ । त्यस्तै, समितिका सदस्यहरूमा विष्णु प्रसाद काफ्ले, बालकृष्ण काफ्ले, विष्णु प्रसाद काफ्ले, नीलकण्ठ काफ्ले, ऋषि काफ्ले, सरस्वती काफ्ले, कमला काफ्ले र उमा काफ्ले रहनुभएको छ ।

नवनिर्वाचित कार्यसमितिले काफ्ले ब्राह्मण पूजा स्थलको संरक्षणसँगै यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । साथै समुदायको धर्म, संस्कृति र परम्पराको संरक्षणमा सक्रिय रूपमा लाग्ने प्रतिवद्धता पनि जनाएको छ ।

बागमती प्रदेश सरकारको सहयोगमा निर्मित काफ्ले ब्राह्मण कुल पूजा भवन (सेड)मा संस्थाका अध्यक्ष कृष्णप्रसाद काफ्‌लेको अध्यक्षतामा सम्पन्न सो अधिवेशन कार्यक्रममा माडी–७ का वडाध्यक्ष चन्द्रकुमारी बानियाँको प्रमुख आतिथ्य रहेको थियो ।

तपाईको प्रतिक्रिया