माडी (स्थानीय) खबर पोष्ट

बघौंडा उपभोक्ता समितिको अध्यक्षमा बलराम महतो पुनः चयन

०७ बैशाख, माडी । बघौंडा मध्यवर्ती उपभोक्ता समितिको अध्यक्षमा बलराम महतो चयन हुनुभएको छ । सोमबार माडी क्याम्पस परिसरमा सम्पन्न निर्वाचन प्रक्रियामार्फत दोश्रो कार्यकालका लागि महतो सर्बसम्मत अध्यक्ष चयन हुनुभएको हो ।

यसैगरी उपाध्यक्षमा हिरामणी चौधरी, सचिवमा चण्डीप्रसाद दुवे र कोषाध्यक्षमा खड्क बहादुर सुनार सर्वसम्मत चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा लोकप्रसाद देवकोटा, सुरेन्द्र महतो, शेरबहादुर बि.क., त्रिलोकी महतो र कृष्णबहादुर रानाभाट सर्बसम्मत चयन हुनुभएको छ ।

निर्वाचन अन्तरगत इकाई तहबाट ४ जना निर्वाचन प्रक्रियाबाट र ५ जना सर्बसम्मतसदस्य (प्रतिनिधि) चयन भएका थिए । निर्वाचित सबैजना पुरुष भएकाले अब सो उपभोक्ता समितिले मनोनित गर्ने सबै महिला हुनुपर्ने अवस्था बनेको छ ।

तपाईको प्रतिक्रिया