चितवन खबर पोष्ट

हेडलाइन: बसन्तपुर बजारमा पार्किङ व्यवस्थापनका लागि पुनः पहल सुरु

०७ बैशाख, माडी । बसन्तपुर बजारमा सवारी साधनहरुको पार्किङ व्यवस्थापनका लागि स्थानीय युवा क्लब, टोल विकास संस्था र प्रहरीले पहल थालेका छन् ।

विगतमा बसन्तपुरको मुख्य बजार क्षेत्रमा एक साता सडकको एक छेउ र अर्को साता सडकको अर्को छेउमा मोटरसाइकल तथा सवारीसाधनहरुको पार्किङ गर्ने प्रणाली लागू रहेको तर हाल अव्यवस्थित रहेकोमा पुरानै प्रणाली पुनः सुचारु गरी पार्किङ व्यवस्थापन गर्ने पहल थालिएको हो ।

यस सम्बन्धमा सोमबार (आज) बिहान बसन्तपुर बजारमा माडी–३ वडा कार्यालय, बसन्तपुर टोल विकास संस्था, सुरक्षाकर्मी, उद्योग बाणिज्य संघ माडी, बजार व्यवसायी लगायतबीच सो व्यवस्था तत्कालै लागु गर्नेबारे छलफल भइ समेत भएको थियो ।

सोही कार्यक्रममा पार्किङ र पार्किङ निषेध लेखिएका स्ट्याण्ड बोर्डहरु इलाका प्रहरी कार्यालयलाई हस्तान्तरण समेत गरिएको बसन्तपुर युनाइटेड क्लबका अध्यक्ष नबीन बस्यालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया