माडी (स्थानीय) खबर पोष्ट

माडी रेडक्रस नगर समितिको सभापतिमा रामकृष्ण अधिकारी मनोनित

०८ बैशाख, माडी । नेपाल रेडक्रस सोसाइटीको माडी नगरस्तरीय समितिको सभापतिमा कल्याणपुर उपशाखाबाट रामकृष्ण अधिकारी मनोनित हुनुभएको छ।त्यस्तै, नगर सचिवमा गर्दी उपशाखाबाट बिन्दु महतो र कोषाध्यक्षमा अयोध्यापुरी उपशाखाबाट भीष्म अधिकारी मनोनित हुनुभएको छ।

सात सदस्यीय तदर्थ नगर शाखाका सदस्यहरूमा रामबन्धु पोखरेल (बघौंडा उपशाखा), भरत घिमिरे (अयोध्यापुरी उपशाखा), ऋषिराम काफ्ले (गर्दी उपशाखा) र गंगा दाहाल (कल्याणपुर उपशाखा) रहनुभएको छ।

मनोनित पदाधिकारी तथा सदस्यहरूलाई मंगलबार (भोलि) प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको रेडक्रस चितवन जिल्ला सभापति हरिप्रसाद पौडेलले जानकारी दिनुभयो। नगर समिति गठन भए पनि हाल रहेका उपशाखाहरूको अस्तित्व भने यथावत् रहने उहाँले बताउनुभयो।

हालको संघीय प्रशासनिक संरचना अनुरूप रेडक्रसलाई पुनर्संरचना गर्ने क्रममा माडीका चारवटै उपशाखालाई समन्वय गर्दै कार्यकारी निकायका रूपमा नगर शाखा गठन गरिएको हो।

तपाईको प्रतिक्रिया