चितवन खबर पोष्ट

बसन्तपुरमा कारसँग ठोक्किँदा स्कुटर चालक घाइते

०९ बैशाख, माडी । चितवनको माडी नगरपालिका–३, बसन्तपुरमा कारको पछाडि स्कुटर ठोक्किँदा एक जना घाइते भएका छन्। मंगलबार साँझ करिब ७:३० बजे बसन्तपुरबाट कल्याणपुरतर्फ जाँदै गरेको प्र.३-०१-०२२च ३०९६ नम्बरको कारको पछाडि सोही दिशातर्फ जाँदै गरेको बा ३ प ७६६९ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक ६१ वर्षीय प्रेमबहादुर विश्वकर्मा घाइते भएका हुन्।

घाइते विश्वकर्माको अनुहार र पेटमा भित्री चोट लागेको र मध्यम अवस्था रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक उपचार बघौंडा अस्पताल माडीमा गरी थप उपचारका लागि भरतपुर अस्पताल रिफर गरिएको छ। दुवै सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया