चितवन खबर पोष्ट

डढेलो नियन्त्रणका लागि माडी नगरपालिकाको अत्यावश्यक सूचना जारी

११ बैशाख, माडी । वन डढेलोबाट फैलिएको तुवाँलोका कारण जनजीवन प्रभावित भएको सन्दर्भमा माडी नगरपालिकाले डढेलो नियन्त्रणसम्बन्धी अत्यन्त जरुरी सूचना जारी गर्दै वन, झाडी तथा खेतबारीमा आगो नलगाउन आग्रह गरेको छ ।

पालिकाले एक सूचना प्रकाशित गर्दै चुरोट, बिँडी आदिका ठुठा जथाभावी नफाल्न, फोहोर वा सुख्खा घाँस नजलाउन तथा डढेलो देखिएमा प्रहरी, दमकल वा वडा कार्यालयमा खबर गर्न समेत अनुरोध गरेको हो ।

हाल, माडीका विभिन्न सामुदायिक वन तथा चितवन राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रमा लागेको आगोका कारण समग्र माडी क्षेत्रको वायुमण्डल धुवाँले ढाकिएको छ । वनमा लागेको आगोले वायुमण्डलमा तुवाँलो अत्यधिक बढाउँदा स्थानीयवासीमा स्वास्थ्य समस्या समेत देखिन थालेको हो ।

तपाईको प्रतिक्रिया