१० बैशाख, माडी । जिल्ला प्रहरी कार्यालय चितवनले सञ्चालन गरेको विशेष “स्विप अपरेशन” (Sweep Operation) का क्रममा १३३ जना व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ।
कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ बैशाख १० गते बिहान ६:०० बजेदेखि बेलुका ६:०० बजेसम्म सञ्चालन गरिएको १२ घण्टे अपरेशनका क्रममा लागूऔषध बिक्री–वितरण तथा सेवनमा संलग्न, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, यात्रुहरूको इच्छाविपरीत झोला तथा सामान तानी दुःख दिने, विभिन्न सरकारी कार्यालयमा सेवा प्रवाहमा अवरोध गर्ने, सवारी साधनको स्वरूप परिवर्तन गर्ने तथा ध्वनि प्रदूषण गर्दै मोटरसाइकल चलाउने चालकहरूलाई नियन्त्रणमा लिइएको हो।




