चितवन खबर पोष्ट

ई–बिडिङ ह्याक प्रकरणमा विक्रम पाण्डे पक्राउ

१२ बैशाख, माडी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता, पूर्वमन्त्री तथा चितवन ३ का पूर्व सांसद विक्रम पाण्डे पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले शुक्रबार उनलाई पक्राउ गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार ई–बिडिङ प्रणालीको वेबसाइट ह्याक गरी आफू अनुकूल ठेक्का पार्ने प्रयास गरेको आरोपमा पाण्डेलाई नियन्त्रणमा लिइएको हो ।

यसअघि पनि पाण्डेविरुद्ध २०७५ सालमा सिक्टा सिंचाइ आयोजनामा गुणस्तरहीन काम भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा उनी ४ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया