चितवन खबर पोष्ट

राप्रपा माडी–७ का अध्यक्ष गणेश अधिकारीले पार्टी त्यागे

१२ बैशाख, माडी । राष्ट्रिय प्रजातन्त्र पार्टी माडी नगरपालिका वडा नं. ७ का अध्यक्ष गणेश अधिकारीले पार्टी परित्याग गर्नुभएको छ । अधिकारीले एक प्रेस वक्तव्य जारी गर्दै ‘विगतदेखि नै पार्टीप्रति प्रतिवद्ध र इमानदार रहेपनि पार्टीका केहि कार्यकर्ताहरुको गतिविधिका कारण पार्टी परित्याग गरेको’ जनाउनुभएको हो ।

शुक्रबार दिउँसो स्वदेश एफ.एम.को कार्यालयमै आएर वक्तव्य पत्र उपलब्ध गराउनुभएका अधिकारीले पार्टी परित्यागपछि अब स्वतन्त्र नागरिक भई बस्ने बताउनुभयो । मुख्यतः देवेन्द्रपुर क्षेत्रमा राप्रपाको संगठन निर्माणमा निकै सक्रिय रहनुभएका उहाँ राप्रपाका क्षेत्रीय अध्यक्ष मदन पौडेल लगायतसंग असन्तुष्ट रहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया