चितवन खबर पोष्ट

सामाजिक अभियन्ता अर्जुन भुसाल दिवाकर शिक्षालयद्वारा सम्मानित

१२ बैशाख, माडी । माडीको हरिनगरस्थित दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयले माडीका सामाजिक अभियन्ता तथा कन्टेन्ट क्रियटर अर्जुन भुसाललाई सम्मान गरेको छ ।

शिक्षालयमा शुक्रबार आयोजित खेलकुद सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रमको अवसरमा भुसाललाई सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

सम्मान ग्रहणपछि अर्जुन भुसालले आफ्नो सामाजिक कार्यको मूल्यांकन गर्दै गरिएको सम्मानले थप ऊर्जा मिलेको प्रतिक्रिया दिँदै आयोजक तथा उपस्थित सम्पूर्णप्रति आभार व्यक्त गर्नुभयो ।

शिक्षालय प्रमुख हरी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकालको प्रमुख आतिथि र चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल विशिष्ट अतिथिको रूपमा सहभागी रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया